ललितपुर महानगरमा ९ वडाको गणना सकियो, चिरीबाबुकाे अग्रता कायमै

0
Shares

ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले दुई र नेकपा एमालेले एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, वडा नं ६ मा रुपेन्द्रराज शाक्य, वडा नं ७ मा कुलबहादुर महर्जन वडा नं ८ मा बाबुरत्न महर्जन र वडा नं १० मा रवीन व्यञ्जनकार विजयी हुनुभएको छ ।

वडा नं २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भएका छन् । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन् । हाल वडा नं ९, ११ र १२ को गणना जारी छ ।

वडा नं १० मा यसअघि १० पटकसम्म सोही स्थानबाट विजयी भएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार विजयी हुन सकेनन्। रविनले ८२५ मत पाएका छन् भने निकटम प्रतिस्पर्धी नरसिंहले ५७८ मत पाए । महानगरमा २९ वडा रहेकामा हालसम्म ९ वडाको मात्रै परिणाम आएको छ ।

शुक्रबार मतदान भएपछि शनिबारदेखि मतगणना सुरु भएको थियो । सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।

महानगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १७ हजार ७०० र नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले नौ हजार ५४४ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले ९ हजार ६६६ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले छ हजार २८ मत पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार  १७ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।