सुनको भाउ तोलामा ७०० रुपैयाँले महङ्गियो

0
Shares

सुनको मूल्य आइतबार नेपाली बजारमा शुक्रबारको तुलनामा ७०० रुपैयाँले महङ्गो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबारको तुलनामा आइतबार सुनको भाउ ७०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ७०० रुपैयाँले बढ्दै प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने आइतबार यथावत नै रहँदै १ हजार २७० रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।

नेपाली बजारमा शुक्रबार छापावाल सुन तोलाको ९७ हजार ३०० रुपैयाँ र तेजावी सुन ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४७ र चाँदी प्रतिऔंस २१ दशमलव ७५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ८ जेष्ठ २०७९, आइतबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।