सरकारले सार्वजनिक वदा दिएपनि आज आइतबार रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुनेछ ।
केन्द्रीय बैंकले जेठ ८ गते आइतबार विकास ऋणपत्र २०८७ ‘ख’ को छैठौं किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो ।
केन्द्रीय बैंकका अनुसार आज बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु हुनेछ ।
सरकारले आइतबार पनि सार्वजनिक विदा दिएपछि आज अधिकांश बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु बन्द रहेका छन् । मुख्य कार्यालय लगाायतका केही शाखा मार्फत मात्र सेवा सुचारु राखिएको छ ।
आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सिधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।
आरटिजिएस सिस्टम के हो ?
आरटिजिएस सिस्टम कुनैपनि रकम विना जोखिम कारोबारको तुरुन्त फछर्यौट गरिने पूर्ण विद्युतीय प्रणाली हो । जहाँ कुनै संस्था–संयन्त्रले ठूलो तथा सानो मूल्यको भुक्तानी ट्रान्सफर एंव हिसाव मिलान गर्ने गर्दछ ।यस संयन्त्रले भुक्तानी दिनेको खाताबाट पैसा घटाएर भुक्तानी पाउनेको खातामा तुरुन्तै रकम जम्मा गरिदिन्छ ।
आरटिजिएस प्रणाली सहभागी भएका बैंक तथा वित्तीय संस्थाहरुले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी) मार्फत कारोबार गर्नुपर्ने हुन्छ । जसमा राष्ट्र बैंकको निर्देशनअनुसार फाराम भरेर बैंकका प्रस्तुत गरेपछि भुक्तानीकर्ताले आफ्नो खातामा तत्कालै रकम प्राप्त गर्नेछ ।
कुनैपनि व्यक्तिको एक बैंकमा रहेको खाताबाट दोस्रो व्यक्तिको अर्को बैंकमा रहेको खातामा चेक नकाटी तुरुन्तै भुक्तानी गर्न सकिन्छ । जसको लागि खातावाला व्यक्तिले सम्बन्धित बैंकमा गएर मेरो खाताबाट फलानो नाम गरेको व्यक्तिको फलानो बैंक खातामा यति रकम भुक्तानी गरिदिनु भनेर फारम भर्नु पर्दछ । त्यसपछि बैंकले सो व्यक्तिको खाताको पैसा तत्कालै दोस्रो व्यक्तिको बैंक खातामा भुक्तानी गरिदिन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया