एफडीआईको नाममा सेयर ट्रान्सफर गरेर लाभांश लाने विकृति रोक्न खोजिएको हो: गभर्नर अधिकारी

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही व्यवसायिक घरानालाई संकेत गर्दै स्वदेशी कम्पनीको सेयर विदेशमा रहेका भाई/छोराको नाममा ट्रान्सफर गरेर बैदेशिक लगानी भन्दै लाभांश विदेश पठाउने बिकृती देखिन थालेको बताएका छन ।

गभर्नर अधिकारीले नेपाली व्यवसायीहरुले प्रत्यक्ष बैदेशिक लगानीलाई गलत ब्याख्या गर्दै स्वदेशी लगानीबाटै आएको लाभांश विदेश लैजाने गरेको पाइएको बताएका हुन । नेपालकै वित्तीय स्रोतबाट स्थापना भएको सफल कम्पनीको सेयर विदेशमा रहेका आफ्नै परिवारको नाममा नामसारी गरी विदेशी लगानीको नाम दिने गरिएको बताउँदै उनले भने,“पछिल्ला दिनहरुमा नेपालमा एउटा कम्पनी खडा गरेर उत्पादन गर्न थालेपछि विदेशमा रहेको दाजु वा भाईको नाममा सेयर ट्रान्फर गर्दा लाभांशको रुपमा लगानी बाहिर जाने जोखिम बढेकाले नियन्त्रण गर्न खोजिएको हो ।”

नेपालकै पूँजीबाट स्थापना भएका कम्पनीहरुमा पनि भाई/छोराका नाममा सेयर स्वामित्व सारेर लाभांश बाहिर लैजाने गरिएका घट्ना बढ्न थालेपछि रोकिएको उनले स्पष्ट पारे । नेपाल राष्ट्र बैंकले त्यस्तो गलत प्रवृत्तिका लगानी मात्र केलाउन खोजेको उनको भनाई छ ।

गभर्नर अधिकारीले चौधरी ग्रुपले नबिल बैंकमा र आइएमई समुहले विभिन्न कम्पनीहरुमा गरेको लगानीलाई संकेत गरेको देखिन्छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफ्ना छोराहरुलाई विदेशमा राखेर नेपालमा खोलेका कम्पनीको सेयर दिने र उनीहरुको लगानी भन्दै लाभांश विदेश लैजाने गरेका छन् । त्यसैगरी आइएमई समुहका अध्यक्ष चन्द्र ढकालले पनि आफ्ना भाइका नाममा सेयर हस्तान्तरण गरी लाभांश लैजाने गरेको अभ्यासलाई संकेत गर्दै यस्ता अभ्यास नियन्त्रण गर्न खोजिएको बताएका हुन् । उनले ‘जेन्यून’ लगानीका सन्दर्भमा सक्दो सहजीकरण गरिएको समेत बताए ।

उनले विदेशी लगानी आउँदा निजी क्षेत्रले कमजोर हुन्छ भन्ने धारणा परिवर्तन गर्न समेत सुझाए । ‘मेक इन नेपाल स्वदेशी समिट २०२२ को उत्पादन बढाउन विदेशी लगानीको अवसर’ विषयक सत्रमा बोल्दै गभर्नर अधिकारीले विदेशी लगानी सम्बन्धमा राज्य र निजी क्षेत्रको धारणा परिवर्तन गर्नुपर्ने बताए ।

गभर्नर अधिकारीले विदेशी लगानीलाई निजी क्षेत्रले समस्याका रुपमा हेर्ने गरेको आरोप लगाउदै भने,“विदेशी लगानी भित्रिएकै कारण नेपालका सिमेन्ट तथा दूरसञ्चार क्षेत्रका संस्थाहरु पहिले भन्दा धेरै प्रतिस्पर्धी भएको हो ।” विदेशी लगानीले पूँजीसँगै प्रविधि, व्यवस्थापकीय सीप, उत्कृष्ट कार्यशैली पनि आउने भएकाले स्वदेशी लगानीकर्ता र उत्पादनका लागि पनि लाभदायक हुने समेत उनको ठहर छ ।

विदेशी लगानीमा उत्पादन भएका वस्तु तथा सेवाहरुको गुणस्तरमा राम्रो भएकाले वैदेशिक लगानीको भुमिका देशभित्र रकम भित्रने मात्र नभई त्यसले नेपालभित्र उत्पादन हुने वस्तुको गुणस्तर, मूल्य र समाजलाई पुग्ने देन महत्वपूर्ण हुने बताए ।

विदेशी लगानीलाई बाधक मान्ने मानसिकता परिवर्तन गरेर साधकका रुपमा लिनुपर्ने बताउँदै उनले विदेशी लगानीको एनसेल आएपछि सरकारी स्वामित्वको नेपाल टेलिकमको गुणस्तर तथा सेवा, होङ्सी सिमेन्ट भित्रिएपछि नेपालका सिमेन्टको गुणस्तरमा धेरै सुधारिएको दृष्टान्त दिँदै उनले यसले मूल्य र गुणस्तरमा सुधार आएको दाबी गरे ।

प्रतक्ष्य वैदेशिक लगानीका कारण निजी क्षेत्रले आफु पनि प्रतिपस्र्धा गरेर मूल्य र गुणस्तरमा सुधार हुन्छ भन्ने पक्षबाट नसोचको बताउँदै उनले भने, “बाहिरबाट लगानी आउँदा नीजि क्षेत्रले प्रतिस्र्धाको डर मानिरहेको छ । त्यो लगानीले ल्याउने फाइदाहरुको बारेमा सोचेको देखिदैन ।”

नेपालीहरुलाई पनि विदेशमा लगानी खुला गर्नुपर्छ

कार्यक्रममा गभर्नर अधिकारीले सन् २०१८ पछि नेपालीले विदेशमा लगानी गर्न नपाउने व्यवस्थालाई परिवर्तन गरी खुला गर्नुपर्ने धारणा राखेका छन् । नेपाल भित्र लगानी ल्याउने कानुनहरुमा निक्कै सुधार भए पनि बाहिर लैजाने विषयमा अनुदार रहेको उनको टिप्पणी छ । नेपालीले बाहिर लगानी गर्न नपाउने यो व्यवस्था लाजमर्दो भएको उनको भनाई छ ।

गभर्नरले भने, “नेपाल भित्रने वैदेशिक लगानीका सम्बन्धमा प्रशस्त परिमार्जन भएको छ । तर, बाहिर लगानी गर्न जाने सम्बन्धमा भने लाजमर्दो छ । जतिसक्दो चाँडो खुला गर्नुपर्छ । बरु के–कस्ता सर्तहरु राख्न सकिन्छ, कस्तो लगानीलाई स्वीकार गर्ने, कस्तोलाई नगर्ने भन्ने सन्दर्भमा मेन्यु बनाउँ ।”

नेपालकै वित्तीय स्रोतबाट स्थापना भइ राम्रोसँग सञ्चालन भइरहेका उद्योग व्यवसायको सेयर स्वामित्व विदेशमा रहेका आफ्नै परिवारको नाममा स्थानान्तरण गरेर विदेशी लगानी भित्र्याइएको देखाइने गरेको उनले बताए । पछिल्ला दिनहरुमा नेपालमा एउटा कम्पनी खडा गरेर उत्पादन गर्न थालेपछि विदेशमा रहेका दाजु वा भाईको नाममा सेयर ट्रान्फर गर्दा लाभांशको रुपमा लगानी बाहिर जाने जोखिम बढेकाले नियन्त्रण गर्न खोजिएको उनले बताए ।

उनले भने, “नेपालकै पूँजीबाट स्थापना भएका कम्पनीहरुमा पनि भाईको नाममा सारेर लाभांश बाहिर लैजाने गरिएको छ ।” यस्ता थुप्रै इस्यूहरु तथा केसहरु आइराख्ने भएकाले रोकिएको उनले स्पष्ट पारे । विदेशमा रहेका आफ्नै परिवारको नाममा कम्पनीको सेयर स्थानान्तरण गर्ने प्रवृति देखिएकाले त्यस्तो लगानी मात्र नेपाल राष्ट्र बैंकले केलाउन खोजेको उनले जनकारी दिए ।

उनका अनुसार नेपाल राष्ट्र बैंकले ब्राउन इन्भेष्टमेन्टमा रिभ्यू गरेर मात्र लगानी स्वीकृति दिने वा नदिने व्यवस्था गरिने बताए । कतिपयले यसमा पनि एफडिआई रोकिएको भन्ने गरिएको भएपनि विदेशी लगानीको नाममा केही विकृति भित्रिन थालेकाले त्यस्ता लगानी निरुत्साहित मात्र गरिएको उनको भनाई छ ।

विदेशी लगानीको प्रवद्र्धनका लागि प्रक्रियागत झन्झट सहजीकरण गनुपर्छ

विदेशी लगानीकर्ताका लागि नेपालमा थुप्रै प्रक्रियागत झन्झट रहेकाले त्यसमा राज्यस्तरबाट सहजीकरण गरिदिनुपर्ने गभर्नर अधिकारीले बताएका छन् । नेपालमा नीतिगत अस्थिरता रहनु पनि अपेक्षित रुपमा विदेशी लगानी आउन नसक्नुको एक कारण भएको उनले बताए ।

विदेशी लगानीकर्ताले निश्चित समयका लागि योजना बनाएर लगानी गर्न चाहने भएकाले सहजीकरण आवश्यक पर्ने उनको भनाई छ । विदेशी लगानीको प्रवद्र्धन विशिष्टीकृत सेवा भएकाले सामान्य संस्थाले त्यो काम गर्न नसक्ने समेत उनले बताए ।

निश्चित समयका लागि योजना बनाएर विदेशी लगानीकर्ताहरुले लगानी गर्न चाहने भएकाले नीतिगत स्थीरता र भविष्यको वातारण हेर्ने गरेको उनको भनाई छ । “उनीहरु एउटा विषयका लागि एउटा संस्थामा र अर्को विषयका लागि अर्को संस्थामा चाहार्न चाहँदैनन्,” अधिकारीले भने, “पटक पटक नीति परिवर्तन हुँदा विदेशी लगानीकर्ताको कार्ययोजना नै प्रभावित हुन्छ । उनीहरुले अहिले जे छ त्यो भविष्यमा पनि त्यहि रहोस् भन्ने चाहन्छन् ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।