हिमालयन रि इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा प्रिमियम मूल्य थपेर सेयर जारी गर्ने भएको छ ।
कम्पनीले यहि प्रस्तावलाई विशेष प्रस्तावको रुपमा राखेर जेठ २७ गते विशेष साधारण सभा आह्वान गरिएको छ ।
दिउँसो २ बजे होटल अलफ्ट ठमेल काठमाण्डौंमा सभा बोलाइएको छ ।
कम्पनी सञ्चालक समितिको बैशाख २ गते बसेको २५ औं बैठकले बसेको आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ता उपर छलफका लागि एमजिएम आह्वान गरेको हो ।
उक्त सभाले संसोधित प्रबन्धपत्र र नियमावली अभिलेख वा स्वीकृत गर्ने नियमनकारी निकायबाट कुनै फेरबदल गर्ने निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
अन्य कतिपय अम्पनीहरुले अंकित मूल्य (प्रतिसेयर १०० रुपैयाँ) मा सेयर जारी गर्दै आइरहेकोमा बीमा समितिबाट दोस्रो पुनरबीमाको इजाजत लिएको हिमालयन रि ले भने अंकित मूल्यमा थप प्रिमियम जोडेर सेयर बिक्री गर्न लागेको हो । यस आधारमा कम्पनीको आईपीओ खरीद गर्न लगानीकर्ताले अंकित मूल्यभन्दा बढी रकम तिर्नुपर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया