एप्पलले आइफोन उत्पादनमा कटौति गर्दै

0
Shares

एप्पलले सन् २०२२ मा आइफोनको उत्पादन कम गर्ने भएको छ ।

कोभिड–१९ संक्रमणका कारण चीनमा भएको लकडाउन, विश्वव्यापी रुपमा व्यापत आपूर्ति श्रृङ्खला अवरोध र आइफोनको माग घट्दै गएपछि एप्पलले उत्पादनमा कटौति गर्ने भएको हो ।

चीनमा कोभिड संक्रमण बढ्दै गएपछि चीनका प्रमुख औद्योगिक सहरहरुमा लकडाउन गरिएको थियो । चीनको मुख्य औद्योगिक सहर साङ्घाईमा भएको सात हप्ता लामो लकडाउनका कारण एप्पल, टेस्ला, टोयोटा लगायतका निर्माण कम्पनीहरुले गर्ने उत्पादनमा उल्लेख्य रुपमा कमी आएको थियो ।

एप्पलले सन् २०२२मा कुल २२० मिलियन आइफोन मात्रै उत्पादन गर्ने भएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।