निर्जीवन बीमा कम्पनीद्धारा ३१ अर्ब बीमाशुल्क संकलन

0
Shares

चालु आर्थिक वर्ष २०७८/७९ को दश महिना अवधिमा नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमशुल्क संकलन गरेका छन् । कुल २० कम्पनीहरुलेयस अवधिमा २३ लाख ४८ हजार २३२ वटा बीमालेख जारी गरेर उक्त रकम बीमाशुल्क संकलन गरेका हुन् ।

विसं २०७९ बैशाख मसान्तसम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब १३ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्क रकमको १३.२४ प्रतिशत हिस्सा हो ।

शिखरपछि दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको सगरमाथा इन्स्योरेन्सले २ अर्ब ५९ करोड ६० लाख रुपैयाँ संकलन गर्दा नेको इन्स्योरेन्सले २ अर्ब ४१ करोड ४७ लाख र सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ७ करोड ४० लाख रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

थप १३ निर्जीवन बीमा कम्पनीले २ अर्बभन्दा कम १ अर्बभन्दा बढी बीमाशुल्क संकलन गर्दा तीन कम्पनीको बीमाशुल्क संकलन एक अर्बभन्दा कम छ । समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार सानिमा जनरल, जनरल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले एक अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका हुन् ।

S.N. Non Life Insurance Company Total Premium Collection in Crore 
Symbol Issued Policy  FY 2078/79 Ten Month
1 Shikhar Insurance Co. Ltd. SICL 197599 413.1830
2 Sagarmatha Insurance Co. Ltd. SIC 214169 259.6042
3 Neco Insurance Co. Ltd. NIL 229605 241.4746
4 Siddhartha Insurance Ltd. SIL 199047 207.4070
5 NLG Insurance Company  NLG 164503 193.4166
6 Premier Insurance Co. Ltd. PIC 132483 173.8577
7 Himalayan General Insurance HGI 84863 151.5286
8 Rastriya Beema Company Limited RBCL 43784 148.1834
9 IME General Insurance Ltd. IGI 96029 137.7879
10 Ajod Insurance Company Limited AIL 105306 133.8497
11 Nepal Insurance  NICL 138033 128.9076
12 United Insurance Co. (Nepal) Ltd. UIC 134302 128.2533
13 Lumbini General Insurance LGIL 120100 126.6727
14 Prabhu Insurance Ltd. PRIN 99417 117.6933
15 The Oriental Insurance Company Limited  Oriental 28780 113.5191
16 Prudential Insurance Co. Ltd. PICL 113869 108.6980
17 Everest Insurance Co. Ltd. EIC 91353 104.2099
18 Sanima General Insurance Company Limited SGI 73613 80.9268
19 General Insurance Company Nepal Limited GIC 62381 75.9895
20 National Insurance Company Limited  NATINS 18996 74.5492
Total 2348232.00 3119.71

 

बैशाख मसान्तसम्ममा एनएलजी इन्स्योरेन्सले १ अर्ब ९३ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्स १ अर्ब ७३ करोड, हिमालयन जनरल इन्स्योरेन्स १ अर्ब ५१ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४८ करोड, आइएमई जनरल इन्स्योरेन्स १ अर्ब ३७ करोड, अजोड इन्स्योरेन्स १ अर्ब ३३ करोड रुपैयाँ धेरै कुल बीमशुल्क संकलन गरेको छ ।

यसैगरी नेपाल इन्स्योरेन्स १ अर्ब २८ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्स १ अर्ब २८ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स १ अर्ब २६ करोड, प्रभु इन्स्योरेन्स १ अर्ब १७ करोड, दि ओरियन्टल इन्स्योरेन्स १ अर्ब १३ करोड, प्रुडेन्सियल इन्स्योरेन्स १ अर्ब ८ करोड र एभरेष्ट इन्स्योरेन्स १ अर्ब ४ करोड रुपैयाँ बढी कुल बीमशुल्क संकलन गरेको छ ।

यस अवधिमा सानिमा जनरल इन्स्योरेन्सले ८० करोड ९२ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ७५ करोड ९८ लाख र नेशनल इन्स्योरेन्सले ७४ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

कसको बीमालेख संख्या कति ?

चालु आवको दश महिनामा २० निर्जीवन बीमा कम्पनीहरुले कुल २३ लाख ४८ हजार २३२ वटा बीमालेख जारी गरेका छन् ।  यस अवधिमा नेको इन्स्योरेन्सले कुल जारी बीमालेखको ९.७८ प्रतिशत अर्थात २ लाख २९ हजार ६०५ वटा बीमालेख जारी गरेको छ । दोस्रो ठूलो बीमालेख जारी गरेको सगरमाथा इन्स्योरेन्सले २ लाख १४ हजार १६९ वटा बीमालेख जारी गरेको छ ।

थप ९ कम्पनीहरुले १ लाखभन्दा धेरै २ लाखभन्दा कम बीमालेख जारी गरेका छन् । यस अवधिमा सिद्धार्थले १ लाख ९९ हजार, शिखरले १ लाख ९७ हजार र एनएलजीको बीमालेख संख्या १ लाख ६४ हजार भन्दा बढी छ । नेपाल इन्स्योरेन्स १ लाख ३८ हजार, युनाइटेड इन्स्योरेन्स १ लाख ३४ हजार, प्रिमियर इन्स्योरेन्स १ लाख ३२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्स १ लाख २० हजार, प्रुडेन्सियल इन्स्योरेन्स १ लाख १३ हजार र अजोड इन्स्योरेन्सले १ लाख ५ हजार बढी बीमालेख जारी गरेको छ ।

S.N. Non Life Insurance Company Total Premium Collection in Crore 
Symbol Issued Policy  FY 2078/79 Ten Month
1 Neco Insurance Co. Ltd. NIL 229605 241.4746
2 Sagarmatha Insurance Co. Ltd. SIC 214169 259.6042
3 Siddhartha Insurance Ltd. SIL 199047 207.4070
4 Shikhar Insurance Co. Ltd. SICL 197599 413.1830
5 NLG Insurance Company  NLG 164503 193.4166
6 Nepal Insurance  NICL 138033 128.9076
7 United Insurance Co. (Nepal) Ltd. UIC 134302 128.2533
8 Premier Insurance Co. Ltd. PIC 132483 173.8577
9 Lumbini General Insurance LGIL 120100 126.6727
10 Prudential Insurance Co. Ltd. PICL 113869 108.6980
11 Ajod Insurance Company Limited AIL 105306 133.8497
12 Prabhu Insurance Ltd. PRIN 99417 117.6933
13 IME General Insurance Ltd. IGI 96029 137.7879
14 Everest Insurance Co. Ltd. EIC 91353 104.2099
15 Himalayan General Insurance HGI 84863 151.5286
16 Sanima General Insurance Company Limited SGI 73613 80.9268
17 General Insurance Company Nepal Limited GIC 62381 75.9895
18 Rastriya Beema Company Limited RBCL 43784 148.1834
19 The Oriental Insurance Company Limited  Oriental 28780 113.5191
20 National Insurance Company Limited  NATINS 18996 74.5492
Total 2348232.00 3119.71

 

यस अवधिमा प्रभु इन्स्योरेन्स, आईएमई जनरल, एभरेष्ट, हिमालयन, सानिमा जनरल, जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, दि ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले एक लाखभन्दा कम संख्यामा बीमालेख जारी गरेका छन् ।

सबैभन्दा कम संख्यामा बीमालेख जारी गरेको नेशनल इन्स्योरेन्सल जम्मा १८ हजार ९९६ वटा मात्र बीमालेख जारी गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्स २८ हजार ७८० र तेस्रो कम संख्यामा बीमालेख जारी गरेको राष्ट्रिय बीमा कम्पनीले ४३ हजार ७८४ वटा बीमलेख जारी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।