साताभरमा ७०० रुपैयाँले बढ्यो सुनको भाउ, शनिबार कतिमा हुँदैछ कारोबार ?

0
Shares

यो साता सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शनिबार ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन यो साता बढेर ९८ हजार रुपैयाँ तोला पुगेको हो ।

यस्तै यो साता चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । गत शनिबार तोलाको १ हजार २७० मा कारोबार भएको चाँदी हाल १० रुपैयाँ बढेर १ हजार २८० रुपैयाँ पुगेको हो ।

साताभरमा बुधबार सुन सबैभन्दा महंगो प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलाको १ हजार २७५ मा कारोबार भएको थियो । सबैभन्दा कम बिहीबार ९७ हजार ८०० रुपैयाँ, तेजावी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

शनिबार कति छ भाउ ?

सुनको भाउ आज जेठ १४ गते शनिबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज शनिबार सुनचाँदी दुबै शुक्रबारकै भाउमा कारोबार भैरहेको हो । शुक्रबार सुन तोलामा २०० रुपैयाँ र चाँदी १० रूपैयाँले वृद्धि भएर आजकै भाउमा कारोबार भएको थियो ।

त्यस्तै आज शनिबार चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँमा खरिद बिक्री हुँदैछ । शुक्रबार चाँदी बिहीबारको तुलनामा तोलामा १० रुपैयाँले बढेर आजकै भाउमा कारोबार भएको थियो ।

बिहीबार छापावाल सुन प्रतितोला सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९७ हजार ८०० रुपैयाँ, तेजावी सुन ९७ हजार ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँ घटेर बिहीबार प्रतितोला १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो ।

नेपालमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् । सातामा आइतबारदेखि शुक्रबारसम्म ६ दिन सुनचाँदीको भाउ निर्धारण हुँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १४ जेष्ठ २०७९, शनिबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।