सेयर बजार परिसूचक ११.३१ अंकले घटेपछि यो साता लगानीकर्ताको बजार सूचक मापक सेयर बजार पूँजीकरण १४३ अर्ब रुपैयाँले घटेको छ । गत साता ३१ खर्ब ७९ अर्ब ४० करोड रहेको बजार पूँजीकरण घटेर शुक्रबार कारोबार बन्द हुँदा ३१ खर्ब ६६ अर्ब रुपैयाँमा सीमित भएको हो ।
पाँचमध्ये ३ कारोबार दिन यो साता बजार घटेको छ । यस साता नेप्से परिसूचक ११ अंक घटेर २२२३.७८ बिन्दुमा बन्द भएको छ ।
गत साता २२३५.०९ बिन्दुमा बन्द भएको थियो । यो साता १३ उपसमूहगत सूचकमध्ये ३ वटा बढेको छ भने बाँकी १० वटाको घटेको छ ।
यो साता बैंकिङ्ग उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बढेको छ । बैंकिङ्ग सबैभन्दा धेरै ०.३३ प्रतिशत बढेर १५४८.८७ बिन्दुमा पुगेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक यस साता सबैभन्दा बढी घटेको छ । होटल सबैभन्दा धेरै २.१४ प्रतिशतले घटेर २८३१.०२ बिन्दुमा झरेको छ । गत साता २८९२.७९ विन्दुमा रहेको थियो । लगानी, अन्य, वित्त, जीवन बीमा, विकास बैंक र लघुवित्त १ प्रतिशतभन्दा धेरै घटेको छ ।
यस साता कुल ५ अर्ब ७० करोड कढीको सेयर कारोबार भएको छ । दैनिक औषतमा १ अर्ब १४ करोडको सेयर किनबेच भएको छ । गत साता दैनिक औषतमा १ अर्ब ३० करोडको कारोबार भएको थियो । गत साताको तुलनामा यस साता कारोबार रकम १२.५० प्रतिशत घटेको हो ।
विभिन्न ६ कम्पनीको कुल २ करोड २५ लाख ३३ हजार ८२९ दशमलव १६ कित्ता सेयर यो साता नेप्सेमा सूचीकृत भएको छ । बलेफी हाइड्रोपावर र उपकार लघुवित्त गरी २ कम्पनीको आईपीओ, साल्ट ट्रेडिङ, आरएसडिसी लघुवित्त, र सेन्ट्रल फाइनान्स गरी तीन कम्पनीको बोनस र समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो ।
नारायणी डेभलपमेन्ट बैंकको सर्वाधिक १५.०७ प्रतिशत बढेर ३९७ रुपैयाँ पुगेको छ । नारायणीको शेयरमूल्य यस साता १५।०७ प्रतिशत बढेको छ भने कर्पोरेटको १७.२० प्रतिशत घटेको छ । मेगा बैंक ११.११, रुरु जलविद्युत ५.८८, प्रभु इन्स्योरेन्स ५.३८ र सामुदायिक लघुवित्तको ४.८३ प्रतिशतले मूल्य बढेको छ ।
यता सर्वाधिक घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १७.२० प्रतिशत घटेर ३८२ रुपैयाँमा झरेको छ । लिवर्टी इनर्जी ७.८४, समृद्धि फाइनान्स ७.१४, मिथिला लघुवित्त ६.९५ र सनधना लघुवित्तको सेयरधनीले ६.३२ प्रतिशतले गुमाएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया