
युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा शनिबार (जेठ १४ गते) सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
यसैगरी सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७।७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गरेको छ ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि कुनै लाभांश प्रस्ताव गरेको थिएन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया