हिमालयन रिले ९ महिनामा कमायो १९ करोड ६४ लाख खुद नाफा

0
Shares

हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्ममा १९ करोड ६४ लाख ५७ हजार ५९४ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले २०७८ पुस मसान्तसम्ममा १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा पछिल्लो त्रैमास (माघदेखि चैत) मा ७ करोड १६ लाख ६९ हजार रुपैयाँले खुद नाफा बढेको हो ।

चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६ लाख ४ हजार रुपैयाँ, बीमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ र महाविपत्ती कोषमा ४६ लाख ७ हजार रुपैयाँ सञ्चित छ ।

वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्ममा ४७ करोड ४९ लाख ६४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत पुससम्म २९ करोड ९९ हजार ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट २ करोड १ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ८७ लाख ८८ हजार नाफा कमाएको थियो ।

चैत मसान्तसम्ममा कम्पनीको कुल बीमाशुल्क संकलन ५२ करोड ५९ लाख ६६ हजार पुगेको छ । पछिल्लो तीन महिनामा २२ करोड ४ लाख ८ हजारले बढेको हो ।

कम्पनीले तेस्रो त्रैमाससम्ममा १ करोड ४६ लाख ९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ७ करोड ९२ लाख २३ हजार रुपैयाँ रहेको छ । पुनर्बीमा कमिशन वापत कम्पनीले ९ करोड ८५ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ । यस अवधिसम्म व्यवस्थापन खर्च ८ करोड २२ लाख रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।