कुमारी धनवृद्धि योजनाको इकाईका लागि आवेदन गर्नेे म्याद थपियो

0
Shares

कुमारी धनवृद्धि योजनामा आवेदन दिने म्याद लम्बिएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो योजनाले जेठ १२ गतेदेखि एक अर्ब २० करोड बराबरको १२ करोड ईकाइ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

उक्त योजनामा छोटो अवधिका लागि जेठ १७ गतेसम्म आवेदन गर्ने म्याद रहेकोमा आवश्यक आवेदन नपरेपछि आवेदन गर्ने म्याद जेठ २६ गतेसम्म थपिएको छ ।

यद्यपी, मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा सोभन्दा अगावै निष्काशन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएको छ ।

कुमारी क्यापिटल लिमिटेडको योजना व्यवस्थापक तथा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा आउन लागेको हो ।

उक्त बन्दमुखी योजनाको आकार एक अर्ब २० करोड रुपैयाँ बराबर रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

सामुहिक लगानी कोषका नयाँ योजनालाई लगानीको उपयुक्त अवसर छ

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले विकास गरेको मेरो सेयर मोवाइल एप तथा वेबसाइटबाट आवेदन दिन सक्नेछन्। यस्तै नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरु मर्फत पनि आवेदन दिन सकिनेछ।

क्यापिटलले निष्काशनमा ल्याउन लागेको १० वर्ष अवधिको उक्त फण्डको इकाई खरीदका लागि न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । कुमारी क्यापिटल लिमिटेड कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।