बजेट पश्चात पहिलो दिन नै नेप्सेमा ५० अंक घटेपछि दोस्रो दिनको प्रि ओपनिङ्ग पनि नकारात्मक बनेको छ । कारोबारमा आएका सबै कम्पनीको सेयरको भाउ घटेपनि नेप्से १.४३ अंकले घटेको हो ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा ३ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये ३ वटै कम्पनीको भाउ घटेको हो । साहस उर्जा, श्री इन्भेष्ट फाइनान्स र आशा लघुवित्त सबैको सेयरको भाउ साढे १ प्रतिशतभन्दा अधिक घटेको छ ।
सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत पूँजी बजारको विकास र सबलीकरणमा जोड दिने केहि बिषयहरु समेटिएका छन् । तर यसले लगानीकर्तामा सरकारले पूँजी बजारको विकासमा ध्यान दिने आशासञ्चार हुन नसक्दा सेयर बजारमा निराशा छाएको छ । यसअघि मौद्रिक नीतिको समीक्षामा ब्याजदर आवश्यकता अनुसार केन्द्रीय बैंकले हेरफेरि गर्ने नीति अबलम्बन गर्दा पनि बजार प्रभावित बनेको थियो ।
आज नेप्से १.४३ अंकले घटेर नेप्से सूचक २ हजार १७२ दशमलव ०२ बिन्दुमा झरेको छ । यस अवधिमा ३ कम्पनी २५६ कित्ता सेयर १ लाख २९ हजार ९१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया