टायरका केहि पार्टपुर्जा छुटेपछि भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाण्डौं नै फर्काइयो

0
Shares

त्रिभुवन विमानस्थलबाट ७३ यात्रु लिएर भद्रपुर उडेको बुद्ध एयरको हवाई जहाज पुनः काठमाडौं फर्काइएको छ । काठमाडौंबाट १०ः४३ मा उडेको जहाज ११ः०६ मा फर्किएको हो ।

बुधबार बिहान भद्रपुर उडेको बुद्ध एयरको हवाईजहाजको पछिल्लो टायरमा समस्या देखिएपछि पुनस् काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्यान कार्यालयले जनाएको छ ।

नागरिक उड्यान कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले भद्रपुर उडेको जहाजको पांग्रामा समस्या आएपछि जहाज फिर्ता गरिएको बताए ।

काठमाडौंबाट जहाज उडेपछि पछिल्लो टायरका केहि पार्टपुर्जा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित धावनमार्गमा भेटिएको थियो । सो लगत्तै बुद्ध एयरको जहाज काठमाडौंमा नै फर्काइएको हो ।

उक्त जहाजमा ४ जना उडान सदस्य सहित ७३ जना यात्रु सवार थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७९, बुधबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।