आर्थिक मन्दीले त्रसित सेयर लगानीकर्तालाई वाल स्ट्रीट ‘भेट्रान’ का ‘टिप्स’

0
Shares

विश्वव्यापी सेयरबजारमा अहिले आर्थिक मन्दीको समयमा के–कस्तो क्षेत्रमा लगानी गर्नेबारेमा छलफल भइरहेको छ ।

कोभिड–१९ले धरासायी बनाएको अर्थतन्त्र र लकडाउनका कारण आपूर्ति श्रृङ्खला अवरोध भएका कारण माग र आपूर्तिबीच सन्तुलन नहुँदा मूल्य वृद्धि आकाशिएको छ । मूल्यवृद्धि नियन्त्रण गर्नको लागि अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ लगायत विकसित देशहरुका केन्द्रीय बैंकले औसत ब्याजदर वृद्धि गरेसँगै आर्थिक क्रियाकलापहरु कम हुने हुँदा अमेरिका लगायतका अरु विकसित देशहरुमा आर्थिक मन्दी हुने सम्भावना बढेको छ ।

अर्थशास्त्री, सेयरबजार विश्लेषकहरुले आर्थिक मन्दी हुने सम्भावना उच्च रहेको बताएका छन् । वाल स्ट्रीटका वरिष्ठ विशलेषक इडी वार्डेनीले आर्थिक मन्दीको सम्भावना ४० प्रतिशत रहेको बताएका छन् भने सीटि ग्रुपकी प्रमुख कार्यकारी निर्देशक जेन फ्रासरले युरोपमा आर्थिक मन्दी निश्चित रहेको बताएकी छिन् ।

यसै क्रममा इन्भेष्टमेन्ट बैंक, मोर्गन स्टान्लीले यतिबेला विश्व अर्थतन्त्रले अनेकन धक्का भेटिरहेको छ र यहि अनुपातमा वित्तीय तथा आर्थिक धक्काहरु बढ्दै जाने हो भने आउँदो १२ महिनामा आर्थिक मन्दी हुने निश्चित रहेको जनाएको छ ।

रुस–युक्रेन बीचको युद्ध लम्बिँदै जानुले आकाशिएको इन्धन तथा खाद्य पदार्थको मूल्य, शक्तिशाली बन्दै गएको डलर र कम्पनीहरुको उत्पादन लागत कम गर्न दिइएको दबाब जस्ता धक्काहरुको बारेमा इन्भेष्टमेन्ट बैंकिङ मोर्गन स्टान्लीले मे महिनाको रिपोर्टमा व्याख्या गरेको छ ।

सम्भावित आर्थिक मन्दीका कारण लगानीकर्ताहरु अतालिरहेका छन् । विश्व सेयरबजार निरन्तर ओरालो लागिरहेको छ । सन् २०२२ को सुरुवातदेखि मे महिनासम्म नास्डाक सूचांक २३ प्रतिशतले ओरालो लागेको छ । एस एन्ड पी ५०० सूचांक १३ प्रतिशतले घटेको छ । विश्व सेयरबजार निरन्तर ओरालो लागिरहेको छ । यसै सम्बन्धमा वाल स्ट्रीट विज्ञहरुले आर्थिक मन्दीको समयमा लगानीकर्तालाई लगानी कसरी र के म ागनेृ भन्ने सन्दर्भमा ‘टिप्स’ दिएका छन् ।

विश्व सेयरबजारमा उतारचढावसँगै मोर्गन स्टान्लीले लगानीकर्ताहरुलाई डिफेन्सीभ स्टक खरिद गर्न सुझाएको छ । अर्थतन्त्रमा आएका धक्काहरुबाट ठूलो मात्रामा प्रभावित नहुने र सुसंगत एवं स्थीर रुपले आम्दानी गर्न सक्ने कम्पनीहरुको स्टकलाई डिफेन्सीभ स्टक भनिन्छ । विश्व अर्थतन्त्र समस्यामा परेसँगै साइक्लिकल्स स्टकहरुको मूल्यमा गिरावट आइरहेको छ । यस समयमा मोर्गन स्टान्लीले तीन क्षेत्रका डिफेन्सीभ स्टक किन्न सुझाएको हो ।

स्वास्थ्य क्षेत्रका कम्पनीहरुमा लगानी गर्ने:

कोभिड–१९ महामारीको उत्पत्ति भएसँगै फार्मास्युटीकल्स, बायोटेक कम्पनीहरुले राम्रो मुनाफा कमाइरहेका छन् । मोर्गन स्टान्लीले पनि अहिलेको समयमा लगानीकर्ताहरुले स्वास्थ्य क्षेत्रको कम्पनीहरुको सेयर किन्नुपर्ने जनाएको छ ।

घर, जग्गा 

गत वर्षको तुलनामा घर, जग्गाको मूल्य अमेरिकामा मात्रै ४२ प्रतिशतले बढेको छ । सेयर बजार १६ प्रतिशत उकालो लाग्दा रियल इस्टेट ४२ प्रतिशतले उक्लिएको छ । तसर्थ यस क्षेत्रमा स्थीर आम्दानी हुने हुँदा मोर्गन स्टान्लीले यस क्षेत्रमा लगानी गर्न सुझाएको छ ।

युटिलिटि मार्केटका कम्पनीहरुमा लगानी गर्ने

वर्तमान समयमा इन्धनको मूल्य बढेको छ । इन्धन, प्राकृतिक ग्यास, विद्युत, पानी शुद्धिकरण गर्ने कम्पनीहरुको सेयरमा लगानी गर्दा राम्रो हुने मोर्गन स्टान्लीले जानकारी दिएको छ ।

यसैगरी यो प्यानिकको समय भएको भएर लगानीकर्ताहरु थप संयमित र धैर्थ भएर बस्नुपर्ने बताइएको छ । यस समयमा अर्थतन्त्र खुम्चिने र आर्थिक क्रियाकलाप सुस्ताउने हुँदा यस समयमा लगानीकर्ताहरु धैर्य भएर बस्नुपर्ने वेल्स फार्गो इन्भेष्टमेन्ट इन्स्टीच्युटले जनाएको छ । आर्थिक मन्दीको समयमा दीर्घकालीन

लगानीकर्ताहरुले सेयर लगानीमा विविधीकरण गर्ने गरेको वेल्स फार्गो इन्भेष्टमेन्ट इन्स्टीच्युटका वरिष्ठ सेयरबजार विश्लेषक स्कट रेनले बताएका छन् । यस अवस्थामा स्कट रेनले दीर्घकालीन लगानीकर्ताहरुलाई पुँजी परिचालन गरी गुणस्तरीय तथा स्थीर आय भएका कम्पनीमा लगानी गर्न सुझाएका छन् । यसैगरी छोटो अवधिको लागि लगानी गर्ने लगानीकर्ताहरुलाई सेयर होल्ड गरिरहन र राम्रो अवसरको प्रतिक्षा गर्न सल्लाह दिएका छन् ।

यसैगरी विज्ञहरुले लगानीकर्ताहरुलाई इन्भेष्टमेन्ट ग्रेड बन्ड खरिद गर्न सुझाव दिएका छन् । उच्च यील्ड भएका राम्रो कम्पनीले जारी गरेका गुणस्तरीय बन्ड खरिद गर्दा पछुताउनु नपर्ने रेनको भनाइ रहेको छ । कम जोखिम र राम्रो आय हुन सक्ने हुँदा लगानीकर्ताहरुले इन्भेष्टमेन्ट ग्रेड कर्पोरेट बन्ड खरिद गर्नुपर्ने अमेरिकन एसेटका व्यवस्थापक नुवीनको भनाइ छ । मोर्गन स्टान्लीले पनि जन्क बन्डको तुलनामा गुणस्तरीय बन्ड खरिद गरे अर्थतन्त्रमा आउने धक्काहरुबाट आफ्नो लगानी सुरक्षित रहने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।