सुनको मूल्य पुनः उकालो लाग्यो, चाँदीको भाउमा पनि वृद्धि

0
Shares

पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा पुनः बढेको छ । बुधबारको तुलनामा सुन बिहीबार ४०० रुपैयाँले बढेको हो । यसअघि बुधबार सुन तोलामा ८०० रुपैयाँले घटेर कारोबार भएकोमा बिहीबार ४०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य ४०० रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ, तेजावी सुन ९६ हजार ७०० रुपैयाँमा खरीद बिक्री भएको थियो । यस्तै चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४५ र चाँदी प्रतिऔंस २१.८२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७९, बिहिबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।