प्रि-ओपनिङ्गमा नेप्से सामान्य बढ्यो, ४ लाखको सेयर खरीद बिक्री

0
Shares

साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि-ओपनिङ्गमा नेप्से ०.६६ अंकले बढेको छ ।

बिहीबार १८.२६ अंकले घटेको बजार सूचक बजेटपछि १११ अंकले घटिसकेको थियो ।

प्रि-ओपनिङ्गमा नेप्से ०.६६ अंकले घटेर नेप्से सूचक २ हजार ११३ दशमलव १३ बिन्दुमा पुगेको छ । यस अवधिमा ११ कम्पनी १ हजार २२९ कित्ता सेयर ३ लाख ८६ हजार ९१४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा ११ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये ६ कम्पनीको भाउ बढेको छ । ५ कम्पनीको भाउ घटेको छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत पूँजीबजार सम्बन्धी पूँजीबजारको विकास र सबलीकरणमा जोड दिने केहि बिषयहरु समेटिएका छन् । यसले लगानीकर्तामा थप उत्साह सञ्चार गर्न सकेको छैन । जसका कारण बजेटपछिका बजार शिथिल बन्दै आएको छ । पछिल्ला पाँच दिनमा नेप्से १११ अंक बढीले ओरालो लागिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७९, शुक्रबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।