बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल

0
Shares


बिन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर रजिष्ट्रार (आरटीएस) मा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

सेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा दुबै पक्षले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बिन्ध्यावासिनी हाइड्रोपावरको सेयरसम्बन्धी सम्पूर्ण कार्य सानिमा क्यापिटलले गर्नेछ । सेयर राजिष्ट्रारको रुपमा सानिमा क्यापिटल लिमिटेड नक्सालले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, सेयर दस्तखत प्रमाणिकरण, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायत सेयर सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नेछ ।

विन्ध्यावासिनी हाइड्रोपावरले जेठ २० गते शुक्रबारदेखि सर्वसाधारणका लागि १५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कर्मचारी र म्युचुअल फण्डलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ६५ हजार कित्ता आईपीओको लागि सर्वसाधारणमा आवेदन

कम्पनीले कास्कीको मिजुरेडाँडा क्षेत्रमा ८.८ मेगावाटका रुदी खोला ‘ए’ तथा लमजुङको पासगाउँ क्षेत्रमा ६.६ मेगावाट क्षमताको रुदीखोला ‘बी’ प्रोजेक्ट निर्माण गरिरहेको छ । दुबै आयोजनाको निर्माण क्षेत्र रुदी खोला कास्की र लमजुङ सीमामा पर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार  १२ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।