एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको एकाई ७२ प्रतिशत बिक्री

0
Shares

एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड को प्रति एकाई ७२ प्रतिशत बिक्री भएको छ ।

२०७९ जेठ १९ गतेदेखि सर्वसाधारणमा एक अर्ब मूल्यको प्रति एकाई मूल्य १० रुपैयाँ अंकित दरको १० करोड इकाईको बिक्री खुला गरिएको थियो । एनआईसी एशिया क्यापिटलका अनुसार शुक्रबार साँझ ६ बजेसम्म कुल निष्काशन गरेको इकाईको ७२ प्रतिशत इकाई बिक्री भइसकेको हो ।

शुक्रबार साँझ ६ बजेसम्म ४० हजार ४३८ आवेदकबाट ७२ करोड भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले जानकारी दिएको छ ।

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको एकाई जेठ २४ गते मंगलबारसम्म निष्काशन तथा बिक्री खुल्ला रहनेछ । उक्त म्युचुअल फण्डमा लगानी गर्न चाहाने लागनीकर्ताहरुले तोकिएको मिति (जेठ २४ गते) भित्र इकाई खरिदको लागि निवेदन दिइसक्नुपर्नेछ ।

उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड एकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ । एकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सिआस्वा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको “मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

एकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।

एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको ७ वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्नेछ ।

उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचीकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा बर्गिकरण गरी जुन क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने क्यापिटलको दाबी छ ।

उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ ।

थप समाचारहरू:-

म्युचुअल फण्डको आकार सानो हुँदा बुक विल्डिङ्ग विधि सुरु हुन सकेन

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका १० करोड इकाई बिहीबारदेखि निष्काशन हुने

एनआईसी एशिया क्यापिटलले पाँचौ सामुहिक लगानी कोषका इकाई निष्काशन गर्ने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार  १२ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।