एसियन पेन्ट्स नेपालको कलर नेक्स्ट सम्पन्न

0
Shares

एसियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२२ को सफलतापूर्वक आयोजना गरेको छ।

कम्पनीका अनुसार सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।

एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ। विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न कलर नेक्स्टले योगदान पु¥याउँदै आएको कम्पनीको दाबी छ।

यस कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड)हरू पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।

जेठ २० गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२२ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत भाषणबाट आरम्भ गरेको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एशियन पेन्ट्स नेपालका प्रमुख ९कन्ट्री हेड० जी गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गरेका थिए।

यसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिइएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा एलिफेन्ट डिजाइनका सह–संस्थापक र निर्देशक अश्विनी देशपाण्डेले यस वर्षका लागि चार प्रवृत्ति (ट्रेन्ड) हरू घोषणा गरे। यसअनुसार विरअस (हामी हामीलाई), होप यु आर वेल (तपाईं कुशल हुनुहुन्छ भन्ने आशा), सोलो कमर्स (एकल वाणिज्य) र आर्टिफाई (कलाकृत) तथा ट्रान्सिडेन्ट पिंकलाई कलर अफ दि इयरको रुपमा प्रस्तुत गरिएको थियो।

त्यसपछि, एशियन पेन्ट्स नेपालले आर्किटेक्ट र इन्टेरियर डिजाइनरका लागि पनि मुड बोर्ड प्रतियोगिता सुरु गरेको थियो जहाँ उनीहरूले घोषणा गरिएका चार ट्रेन्डमध्ये एउटाको व्याख्या र प्रयोग गरेर आफ्ना इन्टेरियर प्रतिभा प्रदर्शन गर्न सक्छन् । मुड बोर्ड प्रतियोगिताका उत्कृष्ट ५ विजेताहरुलाई एसियन पेन्ट्स नेपालले पुरस्कृत गर्ने कम्पनीले उल्लेख गरेको छ।

कलर नेक्स्ट २०२२ को सन्दर्भमा कन्सेप्शन इन्टेरियर प्रालिकी निर्देशक तेजिता वैद्य अमात्यले कलर नेक्स्ट २०२२ एक राम्रो अनुसन्धान गरिएको प्लेटफर्म भएको र यसमार्फत गरिएको रङको पूर्वानुमान ९कलर फरकास्टिङ० समाजमा गहन अनुसन्धानको नतिजा भएको बताइन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।