युनाइटेड इन्स्योरेन्स मर्जरमा जाने, २८ औं सभाबाट चुनिए ६ सञ्चालक

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको सोमबार सम्पन्न २८ औं वार्षिक साधारण सभाले अन्य निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्णय गरेको छ ।

काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको सभाले युनाइटेड इन्स्योरेन्स र भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको हो ।

सभाले मर्जर तथा प्राप्ती सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नका लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जरसम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न समेत अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

बीमा समितिले २०७९ चैत मसान्तभित्र निर्जीवन बीमा कम्पनीहरुलाई २५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएपछि कम्पनीले २ अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउन कम्पनीले कर्जर तथा प्राप्तीको बाटो समातेको हो ।

सभाबाट सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन मार्फत चयन गरेको छ । सभाले संस्थापकतर्फ रवि भक्त श्रेष्ठ, राज रिमाल, दिपक ओली र प्रियंका श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीतर्फबाट विलसन मान रंजित र रबिन्द्र राज पन्तलाई निर्विरोध निर्वाचित गरेको हो ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७।७८ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ ।

सभाबाट आर्थिक वर्ष २०७८।७९ का लागि बाह्य लेखापरीक्षक एमजीएस एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।