
बिहीबारको प्रि ओपनिङ्गमा नेप्से २ अंकले बढेको छ । नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले सेयर धितोकर्जामा लागू रहेको ४-१२ को नीति परिमार्जन गर्ने बताएपछि बुधबार बजार सूचक ६०.२२ अंकले बढेको थियो ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा ७ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये ३ कम्पनीको भाउ बढेको छ । २ कम्पनीको भाउ घट्दा २ कम्पनीको भाउ यथावत रहेको छ ।
नेप्से २ अंकले बढेसँगै सूचक २ हजार ८२ दशमलव ४४ बिन्दुमा पुगेको छ । यस अवधिमा ७ कम्पनी ३४६ कित्ता सेयर १५ वटा कारोबार मार्फत १ लाख ६९ हजार ८८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया