मिथिला लघुवित्तले प्रस्ताव गर्यो १५ प्रतिशत लाभांश

0
Shares

मिथिला लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ । हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ५८ लाख रुपैयाँ छ । प्रस्तावित बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १७ लाख रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीले १०.४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरि कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो।