दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने जेठ ३१ गते अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिसेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा ल्याएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट अवितरित भएको २ लाख ९७ हजार ८४० कित्ता सहित सो संख्याको आईपीओ बिक्री खुला गरेको हो ।
यस जलविद्युत कम्पनी निष्काशन गर्ने कुल आईपीओमध्ये पाँच प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुलाई तथा तीन प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले जेठ ३१ गतेसम्म मेरो सेयरको मोबाइल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
आईपीओ निष्काशनका लागि कम्पनीले क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट साख मूल्याङ्कन गराएको छ । जसमा इक्रा नेपाले कम्पनीको आईपीओलाई ‘इक्रा एनपी आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्दछ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया