प्रि-ओपनिङ्गमा नेप्सेमा झिनो वृद्धि, १ लाख १४ हजारको कारोबार

0
Shares

मंगलबार प्रि ओपनिङ्गमा नेप्सेमा झिनो अंकको मात्र वृद्धि देखिएको छ ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा २ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये १ कम्पनीको भाउ बढेको छ भने १ कम्पनीको भाउ घटेको छ । बलेफी हाइड्रोपावरको सेयरमूल्य बढ्दा तेह्रथु पावरको सेयरको भाउ घटेको हो ।

आज नेप्से ०.१९ अंकले बढेर नेप्से सूचक २ हजार ३२ दशमलव ५३ बिन्दुमा पुगेको छ । यस अवधिमा २ कम्पनी २८५ कित्ता सेयर १ लाख १४ हजार ९१२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७९, मंगलबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।