ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता, चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्ने

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता सम्पन्न भएको छ ।

होटल याक एन्ड यतिमा बिहीबार बिहान भएको सम्झौतामा दुई बैंकबीच १ः१ अनुपातमा मर्जर हुने सम्झौता भएको बैंक अफ काठमाण्डूका एक सञ्चालकले जानकारी दिए ।

दुई बैंकबीच मर्जरपछि चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्नेछ । दुई बैंकबीच मर्जरपछि चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्नेछ । मर्जरपछि कायम हुने बैंकको चुक्ता पुँजी हालसम्मकै उच्च हो । 

बराबरी हैसियतमा भएको मर्जर सहमतिपत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपछिको बैंकमा ग्लोबलकै प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् भने बीओकेका श्रवण मास्के दोस्रो स्थानमा रहने समझदारी छ ।

चैत मसान्तसम्मको तथ्याङ्कका आधारमा मर्जरपछि पुँजी कोष ५२ अर्ब २९ करोड, जगेडा कोष १७ अर्ब ८७ करोड रुपैयाँ हुने छ । मर्जरपछि बैंकको कुल निक्षेप ३ खर्ब ७३ अर्ब तथा कर्जा लगानी ३ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष भित्रै (असारसम्म) मर्जर नजाने बैंक तथा वित्तीय संस्थालाई यसअघि दिँदै आएको सेवा सुविधा नदिने घोषणा गरिसकेको छ । यसले पनि बैंकहरुलाई मर्जरमा जाने क्रम बढेको हो ।

यसअघि नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक बीच जेठ २७ गते शुक्रबार एक आपसमा गाभिने सहमति भएको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।