सुनको मूल्य नेपाली बजारमा शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ ।
बिहीबारको तुलनामा आज शुक्रबार छापावाल सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी महासंघका अनुसार आज बिहिबार तेजावी सुनको मूल्य पनि ५०० रुपैयाँले बढ्दै ९७ हजार ३०० रुपैयाँ भाउ तोकिएको छ । त्यसैगरी आज चाँदीको मुल्य पनि १० रुपैयाँले बढेर तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाली बजारमा बिहीबार ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४४ र चाँदी प्रतिऔंस २१.८४ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया