कर्णाली प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम सम्पन्न

0
Shares

कर्णालीको सुर्खेत वीरेन्द्रनगरमा शनिबार प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम सपन्न भएको छ ।  नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजना तथा मर्चेन्ट बैंकर्स एशेसियसन नेपालको सहयोगमा पुँजीबजारका लगानीकर्ताहरुलाई सचेत गराउने उद्देश्यले आयोजित सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली समाजमा वित्तीय अनुशासन कमजोर भएको उल्लेख गर्दै, लगानीकर्ता, बैकर्रहरु तथा व्यवसायीहरुले वित्तीय अनुशासनमा ध्यान दिन आवश्यक रहेको बताए ।

उनले नाफा कमाउने लोभमा ऋण लिएर लगानी गर्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सानो पूँजीबाट लगानीको शुरुवात गर्न लगानीकर्ताहरुलाई आग्रह गरे भयो । संघीयताको भावनालाई हामीले अझै पनि बुझेका छौनौ भन्दै मुख्यमन्त्री शाहीले संघीयतालाई बलियो बनाउन पनि पूँजीबजारले सहयोग गर्ने उल्लेख गरे । पूँजीबजारमा लगानीकर्ता कम रहेको कर्णालीमा पूँजीबजारको बारेमा सचेतना वृद्धि गर्नु सम्बद्ध निकायहरुले ध्यान दिन आवश्यक भएकोमा मुख्यमन्त्री शाहीले जोड दिए ।

देशका सातै प्रदेशमध्ये कर्णालीले अघिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट घटाएर ल्याएको शाहीले बताए । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनमा विशेष जोड दिएको बताए । मुख्यमन्त्री शाहीले बजेटले अधिकांश पुराना योजनालाई सम्पन्न गर्न जोड दिएको तथा नयाँ ५ प्रतिशत योजना मात्रै अघि सारेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या लगानकिर्ता साक्षरताको अवस्था भने कमजोर रहेको बताए । देशव्यापी रुपमा पूँजीबजार सचेतना वृद्धिका लागि नेपाल धितोपत्र बोर्डले सम्बद्ध निकायहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रमहर अघि बढाएको डा. अधिकारीले बताए । उनले लगानी गर्दा हतारमा नगरी कम्तिमा पनि दुई वर्षसम्म पखिर्ने गरी लगानी गर्ने, कम्पनीको अध्ययन गरेर मात्र लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले कर्णाली प्रदेशमा रहेका सेयर बजारका लगानीकर्ताहरुलाई सचेत गर्न सचेतनता सम्बन्धी कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिए । सेयर बजारको विकासको लागि राज्यले प्रभावकारी नीतिगत व्यवस्थामा सुधार गर्न आवश्यक रहेको बताए । उनले सचेतनता कार्यक्रमले कर्णालीका लगानीकर्ताहरुलाई हौसला प्राप्त भएको बताए ।

नेपाल उद्योग परिसंघ कर्णाली प्रदेशका उपाध्यक्ष विष्णु खडकाले उद्योग धन्दा निराशाजनक अवस्था रहेको बेला पूजीबजार मार्फत औद्योगिक लगानीका लागि पुँजी संकलन गर्न सेयर बजारलाई प्रभावकारी औजारको रुपमा अघि बढाउनु आवश्यक भएकोमा जोड दिए । “हामीले अवलम्वन गरेको आर्थिक नीतिको कारण नेपाल स्वालम्वी भन्दा आयातमुखी अर्थतन्त्रको नकारात्मक असर परेको छ ।” उनले भने ।

कार्यक्रममा नेपाल मर्चेण्ट बैकर्स एसोशियसनका अध्यक्ष मेखबहादुर थापाले देशभर पुँजीबजारका लागनीकर्ताहरु बीच सचेतना अभिवृद्धिका लागि नेपाल आर्थिक पत्रकार संघ संगको सहकार्य सचेतना कार्यक्रम सञ्चालन गरेकोले त्यसबाट लाभ दिन लगानीकर्ताहरुलाई आग्रह गरे ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकालले संघीयताको प्रर्वद्धन गर्न सचेतना कार्यक्रमले सहयोग गर्ने तथा देशभर छरिएर रहेको पुँजीको संकलनका लागि एउटा महत्वपूर्ण माध्यम बन्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असार २०७९, शनिबार  १८ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।