सुनको मूल्य आइतबार ३०० रुपैयाँले सस्तियो

0
Shares

सुनको मूल्य नेपाली बजारमा आइतबार तोलामा ३०० रुपैयाँले घटेको छ ।शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको सुन आइतबार भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार छ । यस्तै तेजावी सुनको भाउ पनि ३०० रुपैयाँले घटेर ९७ हजार रुपैयाँमा झरेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबारको तुलनामा चाँदीको भाउ १० रुपैयाँले घटेर कारोबार भएको हो ।

शुक्रबार तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ, तेजावी सुन ९७ हजार ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४० र चाँदी प्रतिऔंस २१.६८ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ असार २०७९, आइतबार  १२ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।