नबिल बैंकका कार्ड प्रयोगकर्तालाई कतार एयरवेजमा विशेष सुविधा

0
Shares

नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्तालाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ ।

जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट असार १७ गते देखी लागु हुनेछ ।

आइतबार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यस साझेदरी अन्तर्गत विजनेश र इकोनोमी क्लासका हवाई टिकटमा उक्त १०% छुट लागू हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।