ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा

0
Shares

ज्योति विकास बैंकले बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ बेसीशहर शाखा सञ्चालनमा ल्याइएको छ ।

बेसीशहर नगरपालिका वडा नं. ८, लम्जुङ्ग स्थित बेसीशहर शाखाको समुद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका संचालक नरेश राज आचार्यले संयुक्त रुपमा गरेका हुन ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेसीशहर शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यूआर कोड निःशुल्क डलर कार्ड जारी, निस्शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।