मुक्तिनाथ विकास बैंकले किनेपछि भिवोर क्यापिटल बन्यो मुक्तिनाथ क्यापिटल

0
Shares

मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटलको पचास प्रतिशत भन्दा बढी हिस्सा खरिद गरेपछि भिवोर क्यापिटलको नाम परिवर्तन गरेर मुक्तिनाथ क्यापिटल बनाइएको छ।

मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको जारी पूँजीमा ५१ प्रतिशत शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो। भिवोर क्यापिटलको गत भदौ २७ गते सम्पन्न दशौं साधारण सभाले कम्पनीले नाम परिवर्तन गरी मुक्तिनाथ क्यापिटल लिमिटेड राख्ने निर्णय गरेको थियो।

बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजीबजार (मर्चेण्ट बैंकिङ्ग) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरेको जनाएको छ ।

समावेशी वित्तीय सेवाको अलावा कृषि र पूँजीबजार क्षेत्रमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने बैंकले लक्ष्य लिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए।

क्यापिटलको पूँजी २० करोड रुपैयाँ छ। हाल बैंकले १२३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र सानातथा लघु बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचना अधिकारी गुरुङ्गले बताए।