एकीकृत समाजवादीका दुई मन्त्रीले दिए राजीनामा


पार्टीको निर्णय कार्यान्वायनका लागि नेकपा एकीकृत समाजवादी पार्टीका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आइतबार राजीनामा दिएका हुन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि पर्यटनमन्त्री आलेले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । मन्त्री आलेले २६३ दिनमा राजीनामा दिएका हुन् ।

उता सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पनि आफ्नो पदबाट राजीनामा दिएकी छन् । नेकपा समाजवादी पार्टीले मन्त्रीबाट फिर्ता बोलाएसँगै झाक्रीले पनि मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।