ठूला र संस्थागत लगानीकर्ता अझै पर्ख र हेर कै अवस्थामा, बढेन कारोबार

0
Shares

शेयर बजारले सुधारको गति नलिदा ठूला र संस्थागत लगानीकर्ता अझै पर्ख र हेर कै अवस्थामा रहँदा कारोबारमा बढोत्तरी हुन सकेको छैन् । विहीबार नेप्से सूचक झिनो अंकले बढेपनि कारोबार १८ करोडमै सिमित भएको छ ।

विहीबार नेप्से सूचक ०.७१ अंकले बढेर ११३७.७५ विन्दुमा पुगेको छ । १६० कम्पनीको ९ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको बजारमा १८ करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

कारोबार भएकामध्ये ४ समूहका सूचकबाहेक बाँकी सबै समूह सकारात्मक रहेपनि समग्र बजार एक अंकले पनि बढ्न सकेन ।

सबैभन्दा बढी प्रभु बैंकको १ करोड ९९ लाख बराबरको कारोबार भएको बजारमा सानिमा इक्विटीको ईकाई मूल्य ८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै महुली सामुदायिक लघुवित्तको शेयर मूल्य ६.२५ प्रतिशतले घटेको छ ।