आगामी नीति तथा कार्यक्रमको लागि धितोपत्र बोर्डले माग्यो सुझाव

0
Shares

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लािग सरोकारवाला पक्षसंग सुझाब माग गरेको छ ।

बोर्डले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको मस्यौदा तयार भइरहेको जानकारी गराउँदै धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सुझाव माग गरेको हो ।

सम्बन्धित सरोकारवालाहरुले असार २० गतेसम्ममा इमेल ([email protected]) मार्फत यहि असार २० गतेसम्म सुझाव पेश गर्न नेपाल धितोपत्र बोर्ड वस्तु बजार तथा अनुसन्धान विभागले आग्रह गरेको छ ।

बोर्डल धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार एवं बजार नियमनको प्रभावकारी व्यवस्थाका लागि बोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अभिबृद्धि गर्दै बजारलाई स्वच्छ, दिगो, पारदर्शी र अत्याधुनिक बनाउंदै लैजानुपर्ने अवस्था रहेको बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ असार २०७९, मंगलबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।