सानिमा बैंकको ऋणपत्रमा छोटो समयमा बिकेन, आवेदन समय ढिलो मितिसम्म लम्बियो

0
Shares

सानिमा बैंक लिमिटेडले वार्षिक १०.२५ प्रतिशत ब्याज दिनेगरी बिक्रीमा ल्याएको ऋणपत्र छोटो अवधिमा बिक्री हुने सकेन ।

निर्धारित चार दिनमा सबै ऋणपत्र खरीदका लागि आवेदन नपरेपछि बैंकले ऋणपत्रमा आवेदन समय ढिलो मितिसम्म लम्बिएको छ । अब दश वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ मा लगानीकर्ताले असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सामुहिक लगानी कोषले खरीद नगरेको ऋणपत्रमा लगानीकर्ताको आकर्षण पनि नदेखिएको हो ।

सिडिएस एण्ड क्लियरिङकाे तथ्याङ्क अनुसार असार १४ गते मंगलबारसम्म ऋणपत्रमा सि-आश्वा प्रणालीबाट १ हजार १०१ वटा आवेदन मार्फत ६ करोड ३९ लाख ९५ हजार मूल्यको ६३ हजार ९९५ इकाईको मात्र माग भएको हो । यो सर्वसाधारणबाट माग भएको २० लाख कित्ताको ३.२० प्रतिशत मात्र हो ।

बैंकले असार १० गतेदेखि कुल ५० लाख इकाई ऋणपत्र बिक्री खुला गरेकोमा ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाईका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो । ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई भने बैंकले व्यक्तिगत तवरबाट अन्य संघ संस्थालाई बिक्री गर्नेछ ।

उल्लेखित छोटो अवधिमा सबै ऋणपत्र बिक्री नभएपछि विवरणपत्रको दफा ग २२ (ठ) मा भएको व्यवस्था अनुसार ढिलोमा मिति २०७४ आषाढ २४ गते सम्म खुल्ला रहने बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ । उक्त निष्काशन तथा बिक्री खुल्ला अवधि भित्र माग भन्दा बढी आवेदन प्राप्त भएमा कुनै पनि दिन सूचना प्रकाशित गरी निष्काशन बन्द गरिने बिक्री प्रबन्धले जनाएको छ ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट, तथा धितोपत्र बोर्डबाट सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सकिने छ ।

लगानीकर्ताले ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ असार २०७९, बुधबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।