साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि ओपनिङ्ग सेसनमा नेप्से ४.३० अंकले बढेर हरियाली छाएको छ । यस अवधिमा १५ कम्पनीको १ हजार ८३ कित्ता सेयर ५ लाख ५८ हजार ६२१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १५ कम्पनी मध्ये १२ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज १२ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
नेप्से ४.३० अंकले बढेसँगै सूचक २ हजार ४१ दशमलव ९४ बिन्दुमा पुगेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया