लाभांश, मर्जर र रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव राखेर मेगा बैंकले डाक्यो साधारण सभा

0
Shares

मेगा बैंकले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश तथा मर्जर लगायतका विभिन्न प्रस्तावहरु राखेर कार्तिक २९ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा नवौँ बार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले आर्थिक वर्ष ७५/७६ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ११.७५ प्रतिशत हुन् आउने नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड रहेको छ । जस अनुसार बैंकले १ अर्ब २२ करोड ६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

भर्खरै मात्रै २ अर्ब ७५ करोड चक्ता पूँजी भएको गण्डकी विकास बैंकलाई गाभ्ने सम्झौता गरेको बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा प्राप्ति गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभामा लग्दैछ।

त्यस्तै बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउने प्रयोजनका लागि वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि गरेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि कार्तिक १५ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । जस अनुसार कार्तिक १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।