बैंक अफ काठमाण्डूको लाभांश पारित, लगानीकर्ता बचत खाता संचालनमा

0
Shares

बैंक अफ काठमाण्डूको २५ औं वार्षिक साधारण सभाले शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लगेको थियो।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गतेदेखि असोज ३० गतेसम्मका लागि शेयर दाखिला खारेज दर्ता बन्द (बुकक्लोज) गरेको थियो । जस अनुसार असोज १५ गतेसम्म कायम शेयरधनीले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्।

हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्नेछ ।

यसैगरी साधारण सभाले गत आर्थिक बर्षको नाफा नोक्सान हिसाबमाथि छलफल गरि पारित गरेको छ भने आर्थिक वर्ष २०७६र०७७ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गरेको छ ।

सोही अवसरमा बैंकले आफ्ना लगानिकर्ता तथा ग्राहकहरुको लागि बि.ओ.के. लगानिकर्ता बचत खाता र्सावजानिक गरेको छ । बैंकले हाल ८७ शाखा, ७८ ए.टि.एम तथा ९ वटा एक्सटेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवाहरु दिइरहेको जनाएको छ।