नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ ।
बिहीबारको तुलनामा शुक्रबार तोलामा ३०० रुपैयाँले घटेर काराबोर भएको सुन आइतबार सोही अनुपातमा वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
पहेँलो धातु शुक्रबार प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँमा खरीद बिक्री भएको थियो ।
आज तेजावी सुनको भाउ पनि ३०० रुपैयाँ बढेर प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन मंगलबार ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी बजारमा बिहीबार चाँँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । आइबारको लागि चाँदी प्रतितोला १ हजार २०० रुपैयाँ भाउ निर्धारण गरिएको छ । अघिल्लो दिन शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८१० र चाँदी प्रतिऔंस १९.८९डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया