ङादी ग्रुप पावरको १५०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । 

कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न असार २० गते बुकक्लोज मिति तोकेको छ ।

यसअनुसार आइतबारसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी ७० करोड ६९ लाख रुपैयाँको १५० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित दरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले हकप्रद निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ छ ।उक्त पूँजीको १५० प्रतिशतले हुने १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ७७ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असार २०७९, आइतबार  १३ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।