ङादी ग्रुप पावरको १५०% हकप्रदपछि कति तोकियो सेयरमूल्य ?

0
Shares

ङादी ग्रुप पावरको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद जारी गर्नको लागि असार २० गते सोमबार (आज) बुकक्लोज तोकेसँगै नेप्सेले आइतबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर सेयरमूल्य समायोजन गरेको हो ।

हकप्रद समायोजनपछि कम्पनीको प्रतिकित्ता सेयरमूल्य २६३ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । आइतबार कम्पनीको सेयर अन्तिम पटक ५०९ रुपैयाँमा कारोबार भएको थियो । सोही मूल्यमा हकप्रद समायोजन गरिएको हो ।

सोमबार अब कम्पनीको समायोजनपछिको सेयरमूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।

सेयरमूल्य समायोजन पश्चात सेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद भर्न पाउनेछैनन् भने असार १९ गते आइतबारसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी ७० करोड ६९ लाख रुपैयाँको १५० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित दरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले हकप्रद निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ छ ।उक्त पूँजीको १५० प्रतिशतले हुने १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ७७ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।