सनराइज बैंकको दश प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले शुक्रबार सनराइज बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट वितरण गर्न लागेको बोनसपछिको शेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकको समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता २१७ रुपैयाँ २७ पैसा कायम भएको छ । समायोजित मूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार खुल्नेछ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभंश गरि कूल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न बैंकले यहि कार्तिक १५ गते बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ भने साधारण सभा प्रयोजनको लागि कार्तिक १ गतेदेखि बुकक्लेज गरेको छ । जस अनुसार असोज ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन्।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ। शेयरधनीलाई १० प्रतिशत बोनस वितरण गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ।