
सोह्र देखि २१ वर्षका युवाहरुलाई लक्षित गरी मिस्टर एन्ड मिस टिन वल्र्ड नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ ।
आयोजक फेलिज इन्टरनेशनलले एसइई र प्लस टु सकाएर बसेका युवाहरुको वैयक्तिक तथा सीप विकास गर्ने, कार्यक्षमता अभिवृद्धि गर्ने, जनसम्पर्क स्थापना गर्ने तथा आत्मविश्वास बढाउने उद्देश्यले मिस्टर एन्ड मिस वल्र्ड नेपालको आयोजना गरेको जनाएको हो ।
मंगलबार पत्रकार सम्मेलन गरी फेलिज इन्टरनेशनलले मिस्टर एण्ड मिस टीन वर्ल्ड नेपाल प्रतियोगिताका निर्णायक भूमिकामा रहेका निर्णायक मण्डल सार्वजनिक गरेको छ ।
पूर्व मिस नेपाल, उषा खड्गी, नायक सलोन बस्नेत, सलिन मान बानियाँ, मोडल पुजा गिरी, करियोग्राफर रोजिन शाक्य निर्णायकको भूमिकामा रहेका छन् । एजुकेशन्ल पार्टर रहेको ब्रिटिश कलेजमा जुलाई १६ बाट पहिलो चरणको अडिसन सुरु हुनेछ । अडिसन पछि सर्टलिस्ट भएका प्रतिस्पर्धीहरु मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालमा प्रतिस्पर्धा गर्ने छन् ।
मिस्टर एन्ड मिस टीन वल्र्ड नेपालका विजेताहरुले टर्कियको इस्तानबुलमा आयोजना गरिने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् । यसैगरी विजेताहरुले नगद १ लाख र ब्रिटीश कलेजमा २० लाख सम्मको छात्रवृत्ति र उपविजेताहरुले ब्रिटिश कलेजमा १५ लाख सम्मको छात्रवृत्ति पाउने छन् । यसैगरी हरेक प्रतिस्पर्धीहरुले ब्रिटीश कलेजमा पहिलो वर्षका लागि ५० प्रतिशत सम्म छात्रवृत्ति पाउने छन् ।
मिस्टर एन्ड मिस टीन वल्र्ड नेपालमा प्रतिस्पर्धा गर्न प्रतिस्पर्धीले मिस्टर एन्ड मिस टीन वल्र्डको फेसबूक पेजमा गएर अनलाइन फारम भर्नु पर्नेछ । यसैगरी प्रतिस्पर्धीहरुले विभिन्न तालिम तथा सेमिनारमा भाग लिन रु १५ हजार शुल्क तिर्नुपर्ने छ ।
मिस्टर एन्ड मिस टीन वल्र्ड नेपालको पहिलो संस्करण सन् २०१७ मा आयोजना गरिएको थियो । पहिलो संस्करणका शीर्षक विजेता पंकज सिंह ठकुरी र स्वस्ती वैद्य भएका थिए । उनीहरुले ब्राजिलको साउ पाउलोमा आयोजना गरिएको प्रतिस्पर्धामा पंकज फस्ट रनर अप भएका थिए भने स्वस्तीले बेष्ट स्माइल तथा बेष्ट नेशनल कस्टुमको टाइटल विजेता भएकी थिइन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया