५० वटै ब्रोकर कम्पनीले गरे सदस्यता नविकरण, ८२ सूचीकृत कम्पनीले गरेनन्

0
Shares

धितोपत्रको दोस्रो बजार मार्फत शेयर कारोेबार गर्न सदस्यता लिएका ५० वटै धितोपत्र सदस्य दलाल व्यवसायी (ब्रोकर कम्पनी) ले सदस्यता नविकरण गराएका छन् ।

उक्त कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ का लागि सदस्यता नविकरण गरेका हुन् । नेप्सेमा सूचीकृत कम्पनी तथा ब्रोकर कम्पनीहरुले नयाँ आर्थिक बर्ष सुरु भएको तीन मिहनाभित्र नविकरण गराउनुपर्ने व्यवस्था छ ।

ब्रोकर कम्पनीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक वित्तीय विवरण धितोपत्र बोर्डमा बुझाउनु पर्ने तथा नेप्सेमा सदस्यता नविकरण गराउनुपर्ने व्यवस्था छ ।

यता नेप्सेमा सूचीकृत ८२ कम्पनीले भने सूचीकरण नविकरण गरेका छैनन । नविकरण शुल्क नतिरेपछि नेप्सेले शुक्रबारदेखि नेपाल टेलिकम र युनिलिभर सहित कुल ८२ कम्पनीको शेयर कारोबर रोक्का गरेको छ । नेप्सेमा सूचीकृत कम्पनीले बार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि कारोबार रोक्का गरेको हो।

नेप्सेमा नविकरण दस्तुर नतिर्नेमा १८ विकास बैंक, वित्त समुहका १२ फाइनान्स कम्पनी, अन्य समुहको नेपाल टेलिकम र फिल्म विकास संस्थानले नविकरण गरेका छैनन ।

त्यसैगरी होटल समुहका सोल्टी र याक एण्ड यती रहेका छन भने बीमा समुहको लाइफ इन्स्योरेन्स कम्पनी नेपाल र प्रभु इन्स्योरेन्स रहेका छन । कारोबार रोक्का भएका उत्पादन मुलक समुहका ११ र व्यापार समुहमा सुचिकृत ३ कम्पनी रहेका छन । त्यसैगरी लघुवित्त समुहका १९, जलविद्युत समुहका १३ कम्पनीको सुचीकरण नविकरण भएको छैन ।

नेपाल टेलिकम र युनिलिभर सहित ८२ कम्पनीको शेयर कारोबार रोक्का