अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन अन्तिम दिनसम्म १ अर्ब ७३ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बिहीबार सँझसम्म ५ बजेसम्म कम्पनीको आईपीओमा १५ लाख १८ हजार ५३१ वटा आवेदनबाट १ अर्ब ७३ करोड ५९ लाख ७६ हजार रुपैयाँ बराबरको माग परेको छ ।
कम्पनीको सेयरमा सर्वसाधारणबाट माग गरिएको संख्याको ९.५४ गुणा बढी अर्थात १ करोड ७३ लाख ५९ हजार ७६० कित्ताको माग परेको हो । कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई सुरक्षित गरी सर्वसाधारणबाट लागि १८ लाख २० हजार ४७५ कित्ता सेयर खरिदका लागि आवेदन माग गरेको थियो ।
कम्पनीले असार २० गतेदेखि कुल १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको हो । निष्काशित कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन मागिएको थियो ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको २३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया