फर्स्ट माइक्रोफाइनान्सले सार्वजनिक गर्यो पहिलो त्रैमासको प्रगति विवरण

0
Shares

फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरको छ । कम्पनीले अघिलो आर्थिक बर्षको तुलनामा १६.३३ प्रतिशतले नाफा बढाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ करोड ६८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ करोड ३० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ४० करोड ४९ लाख सापटी लिएर यस अवधिमा ५ अर्ब ६२ करोड ३८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यसबाट कम्पनीले ४ करोड २४ लाख ८० हजार खुद ब्याज आम्दानी गरेको छ।

८० करोड ७ लाख ४१ हजार रुपैयाँमा चूक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ४९ लाख रुपैयाँ छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४१ पैसा, प्रति शेयर नेटवर्थ ११६ रुपैयाँ ८५ पैसा र मूल्य आम्दानी अनुपात २३.२० गुणा रहेको छ ।