झण्डै सात दर्जन कम्पनीको कारोबार रोकिएपछि नेप्सेमा मन्दी, सूचक पनि घट्यो

0
Shares

शेयर बजारमा सुधार हुन नसकिरहेको अवस्थामा झण्डै सात दर्जन सूचीकृत कम्पनीको शेयर कारोबार समेत रोकिएपछि कारोबारमा मन्दी आएको छ । आइतबारको नेप्से सूचक ओरालो लागेको छ भने कारोबार रकम समेत एघार करोडमै सिमित भएको छ ।

नेप्सेले समयमा नै बार्षिक नविकरण शुल्क नबुझाउने ८२ वटा सूचीकृत कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । जसमध्ये केहि कम्पनीको भने नविकरण शुल्क तिरेपछि कारोबार खुल्यो । धेरै कम्पनीको कारोबार रोकिदा कारोबार रकम एघार करोडमै सिमित हुन पुग्यो ।
आइातबार नेप्से परिसूचक ४.०३ अंकले घटेर ११३३.७१ बिन्दुमा झरेको छ । १२८ कम्पनीको ४ लाख २१ हजार ४७४ कित्ता शेयर ११ करोड ३३ लाख ५९ हजार ९५६ रुपैयाँ बराबरमा किनबेच भयो ।

कारोबारमा ११ समुहको कारोबारमा सबैमा गिरावट आएकोे छ । बैंकिङ समूहको ३.९३, विकास बैंक २.६६, निर्जीबन बीमा कम्पनी १६.७३, उत्पादन तथा प्रशोधन १३.३३, जीवन बीमा समूहको उपसूचक २३.३७ अंकले गिरावट आएको छ ।

कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । बैंकको १ करोड ९ लाख ४६ हजार ७३६ कित्ता सेयर किनबेच भयो । यस्तै दोस्रो र तेस्रो स्थानमा एभरेष्ट र नेपाल बैंक रहेका छन् ।

कारोबारमा एनआईबीएल प्रगति फण्ड, सानिमामाई हाईड्रोपावर, सगरमाथा इन्स्योरेन्सका लगायतका कम्पनीको शेयर मूल्य बढेको छ भने सिनर्जी पावर डेभलपमेन्ट,सिटी एक्सप्रेस फाइनान्स कम्पनी, गुँरास लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

यसदिन एनआइविएल प्रगति फण्डको सबैभन्दा धेरै ३.८४ प्रतिशतले मूल्य बढेको छ। सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य सबैभन्दा धेरै ५.३३ प्रतिशतले घटेर ७१ रुपैयाँमा झरेको छ।