कृषि विकास बैंकद्वारा पार्क बनाउन १५ लाख सहयोग

0
Shares

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्क बनाउन कृषि विकास बैंकले सहयोग गरेको छ । बैंकले पार्कका लागि १५ लाखको चेक हस्तान्तरण गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगरका प्रमुख रघुनाथ न्यौपानेले अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने र कार्यकारी निर्देशक डा देजकुमार गौतमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

अस्पतालले प्रशासनिक भवन पछाडिको खाली जमिनमा पार्क बनाउने जनाएको छ । बिरामी र कुरुवालाई लक्षित गरी पार्क बनाउन लागिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ असार २०७९, मंगलबार  १२ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।