मर्जरको नाममा ग्लोबल आइएमई बैंकद्धारा डेढ अर्ब कर छली

0
Shares

ग्लोबल आइएमई बैंकले गत वर्षसम्ममा मर्जरबाट मात्र करिब डेढ अर्ब कर छली गरेको छ । बैंकले मर्जरबाट भएको लाभमा सरकारलाई तिर्नु पर्ने कर नतिरेको हो।

बैंकले हालसम्म १८ संस्थालाई गाभेको छ । नेपाल राष्ट्र बैंकको मर्जरको नीतिपछि सबैभन्दा धेरै संस्था गाभ्ने बैंक पनि ग्लोबल आइएमइ हो ।

बैंकका केहि संस्थालाई गाभ्दा भएको लाभको हिसाब कर तिर्नुपर्ने समयअवधि समाप्त भैसकेको देखिन्छ । तर, पछिल्लो समयमा लिएका करिब दर्जन भन्दा धेरै संस्थाबाट बैंकले गत वर्षसम्ममा ३ अर्ब ५५ करोड रुपैयाँ बरावरको लाभ लिएको खुल्न आएको छ ।

बैंकले मर्जरमा गएपछि आयकर ऐन अनुसार र नेपाल वित्तीय लेखामान विपरित हिसाव किताव देखाई कर छली भएको स्रोतको भनाइ छ । “बैंकले आयकर ऐन अनुसार मर्जरमा भएको लाभ अनुसार कर नतिरेको हो,” स्रोत भन्यो,“बैंकले विजनेस कम्बिनेसनबाट भएको लाभलाई आम्दानी देखाउनु पर्नेमा सो नगरी करिब डेढ अर्ब कर छली गरेको देखिएको हो ।”

स्रोत अनुसार बैंकले मर्जरबाट ३ अर्ब ५५ करोड रुपैयाँ लाभ गरेको छ । त्यसको ३० प्रतिशतका दरले हुने आयकर एक अर्ब ५ करोड हुन आउछ । त्यसंगै महालेखापरीक्षकको प्रतिवेदन अनुसार पनि बैंकले सोही शिर्षमा १५ करोड ३८ लाख रुपैयाँ कर छली भएको औल्याएको छ । महालेखाको प्रतिवेदनमा पनि उल्लेख भएको तिर्नु पर्ने कर सहित बैंकले एक अर्ब २० करोड रुपैयाँ कर छली गरेको देखिन आएको छ ।

त्यस संगै ग्लोबल आइएमइ बैंकले आयकर ऐन २०५८ विपरित मर्जरको लाभ लिएको देखिन आएको छ । ऐन अनुसार थाभिने संस्थाले पाउने लाभा गाभ्ने संस्थाले पनि लिएको भेटिएको हो । बैंकमा गाभिएका संस्थाहरुले मात्र पाउनु पर्ने सुविधा गाभेको बैंकले पनि लिएको हो । यसमा लाभासं कर र पुँजीगत लाभकर २ वर्ष सम्म गाभिएका संस्थाको सेयरधनीको सन्दर्भमा छुट भएपनि गाभेको ग्लोबल आइएमइ बैंकका सेयरधनीले पनि लिदै आएका छन । बैंकका नाममा नपाउने पुँजीगत लाभकर छुट लिएको भन्दै ३२ करोडको कर दायित्व देखिएको छ ।

बैंकले मर्जरमा हुने लाभलाई नदेखाइ इक्वीटी समायोजनामा देखाउने गरेको छ । वित्तीय लेखामान अनुसार त्यसलाई बार्गेइन पर्चेज गेन अन्तर्गत राखेर आम्दानीमा देखाइ कर तिर्नु पर्ने व्यवस्था छ । बैंकले कर नतिर्नका लागि लेखापरिक्षकले कैफियत देखाएको देखाएको विर्षिक प्रतिवेदन पनि पास गर्दै उक्त करको विषयमा भने मौन रहदै आएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।